बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एभरेष्ट बैंकले एक बर्षमा कमायो झण्डै चार अर्ब नाफा

सोमबार, साउन २१ २०८१

काठमाडौं । एभरेष्ट बैंकले आर्थिक बर्ष २०८०÷०८१ मा झण्डै चार अर्ब रुपैंयाँ खुद मुनाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आव २०८०/०८१ मा बैंकले तीन अर्ब ७० करोड छ लाख ४८ हजार रुपैंयाँ खुद मुनाफा कमाएको हो । अघिल्लो आवमा भने बैंकले तीन अर्ब ३६ करोड २१ लाख १५ हजार रुपैंयाँ खुद मुनाफा कमाएको थियो।

हाल चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख चार हजार रुपैंयाँ रहेको बैंकले आव २०८०/०८१ मा दुई खर्ब ३२ अर्ब ३१ करोड ६६ लाख चार हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ७९ अर्ब ६४ करोड ७६ लाख ९८ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात अर्ब ६६ करोड पाँच लाख ४७ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ। वितरणयोग्य नाफा भने एक अर्ब ६० करोड दुई लाख ९६ हजार रुपैंयाँ रहेको बैंकको स्प्रेड दर तीन दशमलव ९८ प्रतिशत रहेको छ।

अघिल्लो आवमा भने बैंकले एक खर्ब ९८ अर्ब ७८ लाख सात हजार रुपैंैयाँ निक्षेप संकलन गरी एक खर्ब ५९ अर्ब ४७ करोड २९ लाख ९५ हजार रुपैंयाँ कर्जा प्रवाह गर्दा सात अर्ब ४१ करोड २४ लाख ४० हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको थियो । उक्त अवधिमा शुन्य दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकको वितरणयोग्य नाफा दुई अर्ब ४३ करोड ५९ लाख ७७ हजार रुपैंैयाँ रहेको थियो।