व्यवसायिक योजनालाई नयाँ व्यवसाय आयोजना प्रतिवेदन पनि भनिन्छ । सामान्य अर्थमा व्यावसायिक योजना भनेको उद्यमीले के गर्न लागेको छ भन्ने सम्बन्धित लिखित विवरण । यो उद्यमीले के हासिल गर्न खोलको छ र कसरी हासिल गर्न खोजको छ भन्ने सम्बन्धित मार्गदर्शन हो । यसले भविष्यमा नयाँ व्यवसाय सञ्चालनका लागि सम्पाद गर्नुपर्ने विभिन्न कार्यहरुलाई जनाउँदछ । अर्थात् व्यावसायिक योजना भनेको नयाँ व्यवासायका लागि विस्तृत मार्गदर्शन हो । यो व्यावसायिक क्रियाकलापहरुको रुपरेखा हो । यसले नयाँ व्यवसायको क्रियाकलापहरुको साथै व्यवसायको दीर्घकालि बृहत् लक्ष्य एवं उद्देश्यहरुलाई समेत समेट्दछ । व्यावसायिक योजना नयाँ व्यवसाय सञ्चालन गर्नुपूर्व व्यवसायका सम्पूर्ण कुराहरुलाई समेटेर तयार गरिएको लिखित विवरण हो । यो उद्यमीका लागि त्यस्तो मार्गदर्शन हो जसको सहयोगबाट उक्त आफ्नो लक्ष्यसम्म पुग्न सक्दछ।
व्यावसायिक योजना लाई नयाँ व्यावसाय आयोजना प्रतिवेदन पनि भनिन्छ । सामान्य अर्थमा व्यावसायिक योेजना भनेको उद्यमीले के गर्न लागेको भन्ने सम्बन्धित लिखित विवरण हो । यो उद्यमीले के हासिल गर्न खोजेको छ र कसरी हासिल गर्न खोजेको छ भन्ने सम्बन्धित मार्गदर्शन हो । यसले भविश्यमा नयाँ व्यवसाय सञ्चालनको लागि सम्पादन गर्नुपर्ने विभिन्न कार्यहरुलाई जनाउँछ । अर्थात व्यावसायिक योजना भनेको नयाँ व्यवसायको लागि विस्तृत मार्गदर्शन हो । यो व्यावसायिक क्रियाकलापको रुपरेखा पनि हो । यसले नयाँ व्यावसायको क्रियाकलापको साथै व्यवसायको दीर्घकालिन बृहत लक्ष्य एवं उद्देश्यहरुलाई समेत समेट्दछ।
व्यावसायिक योजना नयाँ व्यवसाय सञ्चालन गर्नुपूर्व व्यवसायका सम्पूर्ण कुराहरुलाई समेटेर तयार पारिएको विवरण उद्यमीका लागि त्यस्तो मार्गदर्शन बन्छ, जसको सहयोगबाट उ आफ्नो लक्ष्यसम्म पुग्न सक्छ । यसमा समय लागत कार्यविधि सबै निश्चित गरिएको हुन्छ । यसले व्यवसायको वर्णन, बजारीकरण, वित्तीय सञ्चालन तथा व्यवस्थापन जस्ता सम्पूर्ण पक्षहरुलाई समेट्दछ । यस योजनाको माध्यमबाट नयाँ व्यवसायको लागि आवश्यक स्रोत साधनहरु परिचालन गर्न सहज हुन्छ । एउटा राम्रो व्यावसायिक योजनाले बाह्य पक्षको ध्यान आकर्षित गर्न सफल हुन्छन् । यसले लगानीकर्ताहरुलाई पनि आकषर््िात गर्न सक्छन् । यसले व्यवसाय सञ्चालन गर्न आधार तयार गर्दछ । वास्तवमा यो एक किसिमको रोडम्याप नै हो जसका आधारमा व्यवसाय सञ्चालन गरिन्छ र व्यावसायिक लक्ष्य हासिल गर्नमा यसको भूमिका व्यवसायको सफलताका लागि कोषेढुङ्गा सावित हुन सक्छ ।धन कमाउने वा नाफा आर्जन गर्ने उद्देश्यले सञ्चालन गरिने।
उद्यमीले नयाँ व्यवसाय शुरु हुनुभन्दा अगाडि परियोजनाको तयारी नै आफैँमा एउटा योजनाको रुपमा गर्न सकिएमा राम्रो हुन्छ । व्यावसायिक योजना तयारी गर्दा सङ्गठनको लक्ष्य, उद्देश्य र कार्य प्रणाली आदि सबै उल्लेख गरिने हुँदा काम गर्न एउटा स्पष्ट मार्गदर्शन मिल्छ । यसका अतिरिक्त कार्यकारीका सम्बन्धमा र परियोजनाका अरु धेरै पक्षको समेत अध्ययन विश्लेषण गरिनाले परियोजना प्रतिवेदनबाट कार्यगत द्विविधा हटाउन सकिन्छ । वास्तविक क्रियाकलाप हुँदा पनि परियोजनाको उद्देश्य अनुरुप भए नभएको हेर्न सकिन्छ । व्यावसायिक योजना तयारी ठीक भएमा लगानीकर्ताहरु आकर्षित गर्न सकिन्छ । राम्रो योजना प्रतिवेदनले व्यवसाय सञ्चालन गर्न आफू सक्षम, तयार र प्रतिबद्ध रहेको कुरालाई प्रष्टाउँछ । फलस्वरुप लगानीकर्ता, ऋणदाता, आपूर्तिकर्ता र अन्य धेरै व्यवसायिक सरोकारवालाहरु रुचि देखाउन थाल्छन् । यो सफल पनि हुन्छ । उच्च पदका राम्रा कर्मचारी आकर्षण गर्न पनि योजना प्रतिवेदन राम्रो हुन जान्छ।
स्टार्टअप उद्यम कर्जावापत उद्यमीलाई साढे तीन करोड रकम वितरण गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सहुलियतपूर्ण कर्जा पाउनयोग्य १८३ वटा व्यावसायिक परियोजनालाई उद्यम कर्जा वितरण सुरु गरेको हो । राष्ट्रिय वाणिज्य बैङ्कको तोकिएको शाखा कार्यालयबाट ७४ वटा उद्यम परियोजनालाई हालसम्म तीन करोड ७२ लाख ३५ हजार रुपियाँ रकम वितरण गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ । अन्य परियोजनालाई रकम वितरणकै प्रक्रियामा रहेको प्रतिष्ठानले जनाएको छ।
स्टार्टअप उद्यम कर्जाबापत उद्यमीले न्यूनतम पाँचदेखि २० लाख रुपियाँसम्म प्राप्त गरेको प्रतिष्ठानले जनाएको छ । तीन प्रतिशत ब्याजमा सात वर्षसम्मका लागि परियोजनाका उद्यमीले प्रयोग गर्न पाउने छन् । चार वर्षअघिदेखि प्रत्येक आर्थिक वर्षको बजेटमा स्टार्टअप उद्यम कर्जा वितरण गरिने कार्यक्रम घोषणा गरिए पनि अहिले आएर कार्यान्वयनमा आउन सफल भएको छ । चालु आवमा स्टार्टअप उद्यम कर्जा वितरण गर्न २५ करोड रुपियाँ विनियोजन गरिएको थियो।
स्टार्ट अप उद्यम कर्जा वितरण गर्न बैंकसँग प्रतिष्ठान र निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८० माघ २४ गते सम्झौता गरेका थिए । सोही सम्झौताबमोजिम बैंङ्कले प्रतिष्ठानले निकालेको सूचीमा परेका नवप्रवर्तनात्मक व्यवसायलाई तीन प्रतिशत व्याजमा सहजतापूर्वक कर्जा दिन हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार बैङ्कले हाल छनोटमा परेका उद्यमीलाई कर्जा छनो वितरण गरिरहेको जनाएको छ । यो कार्यविधिमा कज ५० लाख रुपियाँसम्म चुक्तापूँजी भएका कम्पनीले गरे र वार्षिक आम्दानीसमेत ५० लाखसम्म मात्रै परि हुनुपर्ने व्यवस्था छ । प्रत्येक वर्षको भाषणमा य पर्ने गरे पनि सहुलियतपूर्ण ऋण वितरणमा समस्या भएपछि सरकारले ’स्टार्टअप उद्यम कर्जा कोष पि कार्यविधि, २०७९’ बनाएको थियो।
यो कार्यविधि अनुसार सुरुमा स्टार्ट अपलाई २५ लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा वितरण गर्ने भनिएको थियो । वितरण गर्ने समयसम्ममा भने २५ लाखबाट झरेर २० लाखमा आइपुगेको हो । यो कार्यविधिमा ५० लाख रुपियाँसम्म चुक्तापुँजी भएका कम्पनीले र वार्षिक आम्दानीसमेत ५० लाखसम्म मात्रै हुनुपर्ने व्यवस्था छ । यही कार्यविधिमा आधारित रहेर औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले माघ १९ गतेदेखि फागुन १० गतेसम्म आवेदन माग गरेको थियो । त्यस क्रममा एक हजार छ सयभन्दा बढी आवेदन परेको थियो । परेका आवेदनबाट परियोजनाछनोट गर्नका लागि सरकारले ’स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत गरेको थियो।
सोही कार्यविधि बमोजिम १८३ वटा परियोजना सहुलियतपूर्ण कर्जाका लागि छानिएको बताइएको छ । सहुलियतपूर्ण कर्जा पाउने परियोजनाको सूचीमा कृषि÷पशुपन्छी, डेरी, चिया, दुनाटपरीलगायतका उद्योग छन् । यस्तै हाते कागज बनाउने उद्योग, रोबोटिक्स एन्ड रिसर्च सेन्टरसहित फेसन, सूचना प्रविधिमा आधारित उद्योग छन् । यसै गरी थाङ्कासहित मेटल उद्योगसमेत रहेको प्रतिष्ठानले जनाएको छ । सहुलियतपूर्ण कर्जाका लागि काठमाडौँ उपत्यकासहित देशभरबाट छानिएका छन् । स्टार्टअप उद्यम कर्जा राष्ट्रिय वाणिज्य बैङ्कबाट तीन किस्तामा उपलब्ध गराइने छ।