बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एन आई सी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा

बिहिबार, साउन १७ २०८१

काठमाडौं । एन आई सी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा भएको छ । क्यापिटलको बुधबार क्यापिटलको कार्यालय थापाथली, काठमाण्डौमा बसेको संचालक समितिको १४३ औं बैठकले आर्थिक वर्ष २०८०÷०८१ का लागि एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरु योजनाहरुको लाभाँश घोषणा गरेको हो।

एन आई सी एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चांैथो वर्ष १३ प्रतिशत, पाँचौं वर्ष १० दशमलव ५० प्रतिशत तथा छैटौं वर्ष अर्थात आ.व. २०८०/८१ को लागि घोषणा गरेको नौं दशमलव ५० प्रतिशत सहित हालसम्म ८५ प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको छ । एन आई सी एशिया ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत, चौंथो वर्ष १० प्रतिशत तथा पाँचौं वर्ष अर्थात आ.व. २०८०÷८१ को लागि घोषणा गरेको नौं दशमलव २५ प्रतिशत सहित हालसम्म ७० दशमलव २५ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ । पहिलो खुलामुखी योजना एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोश्रो वर्ष ६ प्रतिशत, तेश्रो वर्ष १० प्रतिशत तथा चौंथो वर्ष अर्थात आ.व. २०८०÷८१ को लागि घोषणा गरेको १० प्रतिशत सहित हालसम्म ३६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ।

नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरु मध्ये सुरक्षित अर्थात न्यून जोखिम र नियमित रुपमा प्रतिफल वितरण गर्न सक्ने पहिलो खुलामुखी योजना एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड अन्तर्गत व्यवस्थीत लगानी योजना (सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान, एसआईपी) तथा सिस्टमेटिक विथड्रल प्लान (एसडब्लुपी) योजनाहरु समेत संचालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहज रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ।