शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सामसुङद्धारा र ग्यालेक्सी जेड फ्लिप ६ को लागि रेकर्ड प्रि–अर्डर घोषणा

बिहिबार, साउन १७ २०८१

काठमाडौं । सामसङ नेपालले आफ्ना फोल्डेबल स्मार्टफोनको छैटौँ जेनेरेसन – ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप६को लागि रेकर्ड प्रि–अर्डर घोषणा गरेको छ । नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप६को लागि नेपालमा अघिल्लो जेनेरेसनको फोल्डेबलको तुलनामा झन्डै दोब्बर प्रि–अर्डर भएको छ । प्रि–अर्डर १५ साउन २०८१मा समाप्त भएको थियो र यी फोल्डेबलहरु अब बजारमा उपलब्ध छन्।

“नेपालमा हाम्रा नयाँ फोल्डेबलह –ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप ६ लाई उपभोक्ताको अत्यधिक प्रतिक्रियाको लागि हामी खुसी र आभारी छौँ । हाम्रा नयाँ छैटौँ जेनेरेसनको फोल्डेबल स्मार्टफोनहरूले ग्यालेक्सी एआइको अर्को अध्याय खोल्न, प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाइमा पु¥याउन, र सञ्चार, उत्पादकता र रचनात्मकतामा नयाँ मोबाइल अनुभवहरूको दायरा दिन सक्षम भएको छ”, सामसङ नेपालका निर्देशक श्री प्रणय रत्न स्थापितले भन्नुभयो । नयाँ फोल्डेबलहरू ग्यालेक्सी जेड सिरिजको अहिलेसम्मकै सबैभन्दा स्लिम र हलुका स्मार्टफोनहरू हुन्, र सिधा किनाराहरूसँग पूर्ण रूपमा सममित डिजाइनका साथ आउँछन् । ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ पनि छ, जसले यी स्मार्टफोनहरूलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाउँछ।

ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप६ ग्यालेक्सको लागि अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित छन् जसले सीपियु, जीपियु र एनपियु कार्यसम्पादनको संयोजन गर्दै। प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको छ र सुधारिएको समग्र प्रदर्शनको साथमा परिष्कृत ग्राफिक्स प्रदान गर्दछ । ग्यालेक्सी जेड फोल्ड६ले एआई–संचालित – नोट असिस्ट, कम्पोजर, स्केच टु इमेज, इन्टरप्रिटर, फोटो असिस्ट र इन्स्ट्यान्ट स्लो–मो – जस्ता सुविधाहरू र उपकरणहरू प्रदान गरी ठुलो स्क्रिनलाई अधिकतम बनाउन र तपाईँको उत्पादकतालाई उल्लेखनीय रूपमा वृद्धि गर्दछ।

तपाईँको गेमिंग सेसनलाई लामो समय सम्म साथ दिन ग्यालेक्सी जेड फोल्ड६ अब १.६ गुना ठुलो भेपर चेम्बरको साथ आउँछ, रे ट्रेसिङले यसको ७.६ इन्चको स्क्रिनमा जीवन–जस्तै ग्राफिक्सलाई समर्थन गर्छ र थप इमर्सिभ गेमिङ प्रदान गर्न यसको डिस्प्लेले २,६०० नित सम्मको ब्राइटनेस प्रदान गर्दछ । ग्यालेक्सी जेड पिÞm्लप ६ ले अब नयाँ अनुकूलन र रचनात्मकता सुविधाहरू प्रदान गर्दछ जसले गर्दा तपाईँले हरेक क्षणको अधिकतम फाइदा लिन सकिने छ । ३.४ इन्चको सुपर एमोलेड फ्लेक्सविन्डोको साथमा, तपाईँले आफ्नो फोन अन्फोल्ड नगरीकनै एआई–असिस्तेड फन्कसन्हरू प्रयोग गर्न सक्नेछन् । ग्राहकहले टेक्स्टहरूलाई जवाफ दिन सजेस्तेड रिप्लाइजहरू पाउन सक्नुहुन्छ, जसले तपाईँको नयाँ सन्देशहरूलाई एक अनुकूल प्रतिक्रिया सुझाव दिन विश्लेषण गर्दछ।

फ्लेक्सक्याम अब नयाँ अटो जुमको साथ आउँछ जसले सब्जेक्तलाई दितेक्त गर्छ र कुनै पनि आवश्यक एडजस्तमेन्ट गर्नु अघि जुम इन र आउट गरेर तपाईँको शटको लागि उत्कृष्ट फ्रेमिङ रचना गर्दिन्छ। नयाँ ५० एमपी वाइड र १२ एमपी अल्ट्रा–वाइड सेन्सरहरूले तस्बिरहरूमा स्पष्ट र क्रिस्प विवरणहरूको साथ अपग्रेड गरिएको क्यामेरा अनुभव प्रदान गर्दछ । नयाँ ५० एमपी सेन्सरले नोइज–फ्री तस्बिरहरूको लागि २ह अप्टिकल जुम समर्थन गर्दछ, र १०ह जुमको साथ एडभन्सड शूटिंग अनुभवको लागि एआई जुम दिन्छ। ग्यालेक्सी जेड फ्लिप६ अब परिष्कृत ब्याट्री लाइफको साथ आउँछ र पहिलो पटक जेड फ्लिप सेग्मेन्टले भेपर चेम्बर प्राप्त गरेको छ।

सामसङ ग्यालेक्सीको डिफेन्स–ग्रेड, बहु–तह सुरक्षा प्लेटफर्म, सामसङ नोक्सले महत्त्वपूर्ण जानकारी सुरक्षित गर्न र एन्ड–टु–एन्ड हार्डवेयर, वास्तविक–समयमा खतरा पत्ता लगाउने र सहयोगी सुरक्षाको साथ कमजोरीहरू विरुद्ध सुरक्षा गर्न निर्मित, ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ लाई सुरक्षित राख्दछ ।