बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विराटनगरमा ११ बर्षीया बालिका मृत अवस्थामा भेटिईन्

आइतबार, माघ १३ २०७५

विराटनगर माघ, १३–
विराटनगरमा एक बालिका मृत अवस्थामा भेटिएकी छन्। छिमेकिको घरमा टिभी हेर्न गएकि ११ वर्षीय रुपमति दास मृत अवस्थामा भेटिएकी हुन् ।  शनिबार राति ८ बजेदेखि सम्पर्कविहीन भएकी गुडिया भनिने रुपमति  विराटनगर महानगरपालिका र कटहरट्ठ गाउँपालिकाको सीमामा पर्ने सिंगिया खोलामा निवश्त्र अवस्थामा मृत भेटिएकी हुन्।

मोरङ प्रहरीका अनुसार बालिकालाई हत्या गरेर फालिएको भेटिएको हो ।  उनका अनुसार बालिकाको अनुहारमा रगत बगेको छ।

रुपमति शनिबार राति ८ बजे छिमेकीको घरमा टिभी हेर्न भनेर गएको आमा मन्नीदेवी दासले बताइन्। तर उनी छिमेकीकहाँ टिभी हेर्न पुगिनन्। जब उनी घर फर्किए र पत्नीलाई भेटे तबमात्र थाहा भयो टिभी हेर्न भनेर हिँडेकी छोरी अन्त कतै पुगिन्। रातभरी छिमेकिले खोजे । तर,  बिहान खोलामा माछा मार्ने क्रममा केही स्थानीयले पानीमा डुबिरहेको अवस्थामा रुपमतिको शव देखेपछि प्रहरी र गाउँलेहरूलाई खबर गरे।
उनका अनुसार उनले लगाएका चप्पल घर नजिकैको चौरमा भेटिएको छन् । उनका कपडा भने भेटिएक छैनन्।