बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देउवाको उदघोष्ः ‘राजा हटाइयो अब कम्युनिस्टको पालो !’

आइतबार, माघ १३ २०७५

काठमाडौं माघ, १३–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरेका छन् । शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा योद्धा बाबुराम बरालको शालिक अनावरण गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । यो समाचार आजको नेपाल समाचारपत्रमा बुद्ध नेपालीले लेखेका छन् । 

उनले केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाउँदै सरकारका विरुद्ध सदन र सडकबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

चिकित्साशास्त्र विधेयक सरकारले सदनबाट जबर्जस्ती पास गरेको चर्चा गर्दै पार्टी देउवाले अधिनायकवादको एउटा उदाहरण भएको प्रष्ट्याउँदै त्यसको खिलापमा नेपाली कांग्रेस सदन र सडकबाट सशक्त रुपमा लड्नेसमेत बताए ।