समग्र पुंँजीबजारमा सुधार आउनको लागि अर्थतन्त्रमा सुधार आउनु पर्छ । अर्थतन्त्रमा सुधार आएको खण्डमा पुँजी बजारमा स्वभाविकरुपमा सुधार आउँछ । त्यहीकारण पनि पुँजी बजारलाई अर्थतन्त्रको वास्तविक एैना भनिएको छ । तर नेपालमा भने यस्तो छैन। धमिलो पानीमा माछा मार्ने ठुलो समुह सक्रिय रहेको छ । पछिल्लो समय व्यक्ति परिवर्तन हुँदैमा शेयर बजारमा उछाल देखिनु यसकौ एउटा उदाहरण हो । कुनै पनि क्षेत्रको सुधारको लागि नीति महत्वपुर्ण हुन्छ,, व्यक्ति गौढ हुन्छ । तर यहाँ व्यक्तिलाई मुख्य बनाएर नीतिलाई गौढ मानिकएको कुनै एउटा एउटा व्यक्तिलाई जादुको छडिकोरुपमा मानेर पुँजीबजारलाई अप्रा्रकृतिकरुपमा बढाईएको छ । यो मुलुकको अर्थतन्त्रको लागि घातक हो । ऋण धन लिएर केही पैसा पुँजी बजारमा लगानी गर्ने र आफुले लगानी गरेपछि पुँजी बजार संघै बढ्नु पर्ने, संधै हरियो हुनु पर्ने तह र तप्काका व्यक्तिहरुले गर्दा नैं नेपालमा पुँजी बजारमा प्रभाकारीरुपमा बिकास हुन नसकेको हो।
अहिले अर्थतन्त्रमा समस्या रहेको छ । बैंकमा कर्जा माग्न जाने र ऋण तिर्ने दुवै घटेका छन् । लघुवित्त, फाइनान्सहरुमा पनि यस्तै छ । यता, हाइड्रोपावरहरु पनि घाटामा गएका छन् । घरजग्गा, गाडी र सेयरको किनबेच ठप्पै छ । मालपोत र यातायात कार्यालयमा सुनसान छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलिसकेको छ । सेयरको मूल्य बढ्नलाई त बैंक पनि नाफामा हुने पर्यो नि ! बैंकमा कर्जा लिनेको भीड हुनु पर्यो । घरजग्गा, गाडीको मूल्य बढ्नु पर्यो। बजार चलायमान हुनु पर्यो र हाइड्रोपावर, लघुवित्तहरुले नाफा कमाएपछि पो सेयरको मूल्य बढ्छ त । अहिले अटो व्यवसायीहरु भन्छन्, ‘हाम्रो ७० प्रतिशत लगानी डुबिसक्यो ।’ उनीहरुको भनाइअनुसार एक लाखमा किनेको गाडी अब बेच्दा तीस हजार आउँछ । अटो व्यवसायीहरु नै नयाँ र पुरानो दुवै सवारीसाधन किन्ने कोही नभएको बताउँछन् । व्यापारीहरु मन्दीका कारण व्यवसायबाटै पलायन भएका छन् । मुलुकभर रहेका ३५ हजार दुई सय ३९ वटा सहकारी संस्थाले करोडौं बचतकर्ताको ३९ खर्ब रकम झवाम पारेको छ । बजार यस्तो अवस्थामा पुगिसकेको छ । तर, सेयर दलाली तथा माफियाहरु अझै पनि विष्णु पौडेल अर्थमन्त्री भएसँगै सेयरको मूल्य बढ्छ भन्दै सर्वसाधारण फसाइरहेका छन्।
बैंकहरुले हिँजोको दिनमा सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर ३२ सय रुपैयाँ पुर्याउने यीनै दलाली हुन् । बैंकमा पैसा राख्न सर्वसाधारण डराउन थालेका छन् । निक्षेप राखेका कतिपय बचतकर्ताले पनि बैंकमाथि विश्वास नभएर पैसा निकाल्न लागिरहेका छन् । भाटभटेनीका साहु मिनबहादुर गुरुङ, मेडिकल व्यवसायी दुर्गा प्रसाई, देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाई, लालीगुराँसका सुरेन्द्र भण्डारी, शिवशिखरका केदारनाथ शर्मा, कान्तिपुरका सीबी लामालगायतले करोडको धितो राखेर बैंकबाट अर्बौ कर्जा लिएको खबर बाहिरिएका छन् । बैंकका अध्यक्ष, सञ्चालकहरुले घुसको आडमा सबै कर्जा घरजग्गा, गाडी र सेयरमा लगानी गरेका छन्, त्यसमाथि करोडको धितो राखेर अर्बौ कर्जा प्रवाह गरिएको छ । अहिले अटो व्यवसायीहरु भन्छन्, ‘हाम्रो ७० प्रतिशत लगानी डुबिसक्यो ।’ उनीहरुको भनाइअनुसार एक लाखमा किनेको गाडी अब बेच्दा तीस हजार आउँछ । अटो व्यवसायीहरु नै नयाँ र पुरानो दुवै सवारीसाधन किन्ने कोही नभएको बताउँछन् । बजारमा अहिले सुनिन्छ कि दुई वर्षअघि तीन करोडमा किनेको घर अहिले ८०/९० लाखमै बेच्छु भन्दा समेत किन्ने मान्छे छैन । काठमाडौं उपत्यकासहित देशभर घरहरु खाली हुँदै गएका छन् । जताततै ‘कोठा भाडामा’, ‘फ्ल्याट खाली’, ‘टुलेट’, ‘सटर भाडामा’ लगायत लेखिएका पोस्टरहरु देखिन्छन् । व्यापारव्यवसाय पनि ठप्पै भएको छ । व्यापारीहरु मन्दीका कारण व्यवसायबाटै पलायन भएका छन् । मुलुकभर रहेका ३५ हजार दुई सय ३९ वटा सहकारी संस्थाले करोडौं बचतकर्ताको ३९ खर्ब रकम झवाम पारेको छ । बजार यस्तो अवस्थामा पुगिसकेको छ।
हिजो बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर ३२ सय रुपैयाँ पुर्याउने यीनै दलाली हुन् । अहिले ३२ सय रुपैयाँमा किनेको सेयर सय रुपैयाँमा समेत बिक्री नहुने अवस्था आएको छ । हिजो जग्गा दलालीहरुले रोपनीको दश हजारमा बिक्री नहुने खेतीयोग्य जमिन खण्डीकरण गरेर यसरी नै भ्रम छरी आनाकै लाखदेखि करोडमा बेचिदिए । यस्तै, भारतमा एक लाखमा गाडी किनेर ल्याएर नेपालमा पाँच लाखदेखि २५ करोडसम्ममा बेचियो। दलालीहरुको लहैलहैमा लागेर महँगोमा घरजग्गा, गाडी र सेयर किनेका सर्वसाधारणहरु आज चुलुम्मै डुबेका छन् । तीन वर्षअघि काठमाडौंमा एउटा कोठा, सटर वा फ्ल्याट खोज्न छ महिना लाग्थ्यो । त्यत्रो समय खोज्दा पनि नभेटिएपछि दलालीलाई महंगो रकम बुझाएर खोज्नुपथ्र्यो । घरधनीहरुले पनि एउटै कोठाको बीस हजारसम्म असुल्थे । एउटा फ्ल्याटको तीस हजारदेखि तीन लाख र एउटा सटरको बीस हजारदेखि १८ लाखसम्म लिइन्थ्यो । खाली सटर त बीस लाखदेखि पचास लाखसम्ममा किनबेच हुन्थ्यो । अहिले ती कोठा, सटर र फ्ल्याट सबै खाली भएका छन् । जताततै टुलेट मात्र देखिन्छन् । सेयरमा ६५ लाख सर्वसाधारणको लगानी छ । आज उनीहरुको लगानी डुबेको छ । सेयर लगानीकर्ता सडक छाप अवस्थामा पुगेका छन् । सरकारसँग पैसा छैन । राजस्व उठ्न छोडेको छ । निर्माण व्यवसायी, दुग्ध कृषकहरु आफ्नो भुक्तानीका लागि कहिले आन्दोलन गर्छन् त कहिले पत्रकार सम्मेलन गरेर रुवाबासी । निर्माण व्यवसायीको ६० अर्ब र दुग्ध किसानको सात अर्ब भुक्तानी बाँकी छ।