मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

५५ वर्षअघि हराएको समुद्री जहाज एमभी नुन्गाहको भग्नावशेष फेला

बिहिबार, साउन १० २०८१

काठमाडौँ— अस्ट्रेलियामा ५५ वर्षअघि हराएको समुद्री जहाज एमभी नुन्गाहको भग्नावशेष फेला परेको छ । उक्त जहाज २१ यात्रुसहित डुबेको थियो ।

सन् १९६९मा उक्त जहाज आँधीजन्य मौसमका समयमा साउथ वेल्सको तटीय क्षेत्रबाट हराएको थियो । अस्ट्रेलियन साइन्स एजेन्सीले त्यसको भग्नावशेषको लोकेसन अहिले पत्ता लगाएको हो । त्यसका लागि हाइ रिजोलुसन सिफ्लोर म्यापिङ र भिडियो फुटेजको सहारा लिइएको थियो ।