बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बुधबार बिहानै सप्तरीमा प्रहरी इन्काउन्टर, एकजनाको मृत्यु

बुधबार, माघ ९ २०७५

सप्तरी माघ, ९–
बुधबार बिहान प्रहरी इन्काउन्टरमा सप्तरीमा एक जनाको मृत्यु भएको छ । प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा दीपेन्द्र जयसवल भन्ने दीपेन्द्र चौधरी मारिएका हुन् । जनकपुरबाट खटिएको प्रहरी टोलीसँगको मुठभेडमा उनको मृत्यु  प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख हरिबहादुर पालले बताए । 
प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीतर्फबाट पनि फायरिङ भएको थियो ।

कारबाहीमा घटनास्थलमै उनको मृत्यु भएको पालले जानकारी दिए । चौधरीमाथि २ गोली लागेको छ ।

एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए । सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका उनीमाथि गोली प्रहार भएको थियो ।

उनी २०७२ सालमा प्रहरी असई रमेश सुब्बाको हत्यामा संलग्न समेत भएका अपराधी भएको बताइएको छ । त्यतिबेला उनले प्रहरीको भ्यानमाथि एम्बुस थापेर सो घटना घटाएको प्रहरीको दाबी छ ।