बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१५ सय घुससहित खरिदार पक्राउ

शुक्रबार, माघ ४ २०७५

सिमरा माघ, ४–
बारामा एक  सहायक कम्प्युटर अपरेटर(खरिदार) १ हजार पाँच सय रूपैयाँ घुससहित पक्राउ परेका छन्।   इलाका प्रशासन कार्यालय,सिमरा, बारामा कार्यरत खरिदार राज्यनारायण साह घुससहित पक्राउ परेका हुन् । 
साहले नागरिकता प्रमाणपत्र बनाईदिन सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस मागेको उजुरीका आधारमा पक्राउ परेका हुन् ।  उनलाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट गएको टोलीले  पक्राउ गरेको हो । 
अख्तियारले साहविरूद्ध १ हजार पाँच सय रूपैयाँ बिगो दाबी गर्दै शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।