बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिद्धार्थ बैंक र अजोड इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता

बिहिबार, पुष २६ २०७५

काठमाडौं पुस, २६–
सिद्धार्थ बैंक लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेडबीच बैकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सो सम्बन्धि सम्झौतापत्रमा बैंककातर्फबाट सहायक महाप्रबंधक अर्जुनभद्र खनाल र अजोडकातर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले हस्ताक्षर गरेका छन् । 
त्यस्तै सिद्धार्थ बैंकका सहायक महाप्रबंधक खनालले आगामी दिनहरुमा, अजोड इन्स्योरेन्स लिमिटेडमा बीमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक बीमा सम्बन्धी सेवा तथा सुविधा  सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए । 
बैंकले हाल देशभर १२९ वटाशाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १४१ एटिएमर १,२०० भन्दा बढी पस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।