बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कर्णाली प्रदेशका अति दुर्गम स्थानमा कृषि विकास बैंकका नयाँ शाखाहरु

मंगलबार, पुष २४ २०७५

काठमाडौं पुुस, २४–
कृषि विकास बैंकले कर्णाली प्रदेशका अति दुर्गम स्थानमा शाखाहरु खोलेको छ । बैैंकले यातायतको पनि सुविधा नभएका ठाँउमा नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नै सम्भव भए सम्मका सुविधाहरु उपलव्ध गराउने गरी नयाँ शाखाहरु धमाधम स्थापना गरी संचालन गर्ने क्रममा कालिकोट जिल्लाका नरहरिनाथ गाउँपालिकाको कुमालगाँउ तथा शुभकालिका गाउँपालिकाको सुकाटिया र जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाको लिम्सामा शाखा कार्यालयहरु स्थापना गरिसकेको छ । साथै स्थापना गर्नु पर्ने अन्य नयाँ शाखाहरुको लागि कर्मचारीहरु खटाई सकिएको र चाहिने न्यूनतम पूर्वाधारका लागि कृषि विकास बैंक नेपालगञ्ज र केन्द्रीय कार्यालय अभियानको रुपमा जुुटिरहेको बैंकले जानकारी दिएको छ ।