काठमाडौं । युएसएआईडी नागरिक समाज र सञ्चार (सीएसएम) कार्यक्रमले बुधबार सार्वजनिक गरेको ‘भाइब्रेन्ट इन्फरमेसन ब्यारोमीटर (भाइब)’ अध्ययन प्रतिवेदनले नेपालमा सूचनाको अवस्था केही हदसम्म भाइब्रेन्ट रहेको देखाएको छ । उक्त अध्ययनमा नेपालले ४० पूर्णाङ्कमा २३ अङ्क प्राप्त गरेको छ जुन सूचनाको गुणस्तर, सूचनाको प्रवाह, सूचनाको प्रयोग र सूचनाले ल्याउने रुपान्तरणकारी कार्य गरी चार सिद्धान्तमा आधारित औसत हो।
प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशले कुल ४० मा २४ अङ्क प्राप्त गरेको छ जुनराष्ट्रिय औसत भन्दा केही भाइब्रेन्ट अवस्था हो । त्यस्तै मधेश प्रदेशले ४० पूर्णाङ्कमा २२ अङ्क प्राप्त गरेको छ । प्रतिवेदनलाई राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ र द एशिया फाउण्डेशनकी नेपाल प्रमुख मेघन नाल्बोले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।
नेपालको सूचनाको अवस्था अध्ययनका लागि मिडियाका विभिन्न विधा र क्षेत्रका विज्ञहरू सम्मिलित समावेशी समूहले २० मुख्य सूचक र १६७ उपसूचकमा आधारित रहेर मूल्याङ्कन गरेका थिए । उक्त अध्ययनमा राष्ट्रियस्तरको प्रतिनिधित्व गर्नेअनि अध्ययन गरिएका दुई प्रदेशका सम्पादक, सञ्चार व्यवस्थापक, नागरिक समाजका सदस्य, संवाददाता, शिक्षकर अभियानकर्मीहरू समेटिएका ३० जनाभन्दा धेरै विज्ञहरूलाई संलग्न गराइएको थियो ।
अध्ययनमा संलग्न विज्ञ सदस्यहरूलाई तोकिएका सूचकमा मूल्याङ्कन स्वरूपअङ्क दिन भनिएको थियो। जसमा शून्यदेखि १० अंकलाई ‘नन भाइब्रेन्ट’, ११ देखि २० को अंकलाई ‘स्लाइटली भाइब्रेन्ट’, २१ देखि ३० बीचको अंकलाई ‘समह्वाट भाइब्रेन्ट’ र ३१ देखि ४० बीचको अङ्कलाई ‘हाइली भाइब्रेन्ट’ का रूपमा वर्गिकृत गरिएको थियो।
युएसएआईडी सीएसएम कार्यक्रमका लागि नेपालमा उक्त अध्ययन आईआरइएक्सले गरेको हो । नेपालमा युएसएआईडी सीएसएम कार्यक्रमद एशिया फाउण्डेशनले प्याक्टसँगको सहकार्यमा कार्यान्वयन गरिरहेको छ।