बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिटिजन्स बैंकको ८१ औ शाखा कैलालीको मोहन्यालमा

आइतबार, पुष २२ २०७५

काठमाडौं पुस, २२–
‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंङ्गि सेवा पु¥याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शुुक्रबार बैंकको ८१ औं शाखा कैलालीको मोहन्यालमा संचालनमा ल्याएको छ ।
सरकारले वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ र यसलाई मुर्तरुप प्रदान गर्न, बैंकले मोहन्याल शाखा संचालनमा ल्याएको हो । संघीयतालाई दह्रो र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गरेको बैंकले दुर्गम क्षेत्रमा १६ वटा शाखाहरु संचालनमा ल्याईसकेको छ । नियमनकारी निकायको निर्देशन अगावै बैंकले नेपालका ेदुर्गम क्षेत्रमा शाखाहरू विस्तार गरि सकेको थियो । २०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोलिनु यसका केहि अनुपम उदहारणहरु हुन । मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति बैंकले सहयोग गरेको छ । 
बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।