काठमाडौं पुुस, २२–
माछापुच्छ्रे बैंक लिमिटेडको २० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले यही पुुस २० गते पोखराको होटल पोखरा ग्राण्ड, पोखरामा बैंकका संचालक समितिका अध्यक्ष रोशन के.सी.को सभापतित्वमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले बैंकको आर्थिक बर्ष २०७४—०७५ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै, उक्तसभाले आर्थिक वर्ष २०७५—०७६ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।
सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा. विरेन्द्र प्रसाद महतो, रोशन के.सी. र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ । साथै, उक्त साधारण सभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकले डा. बिरेन्द्र प्रसाद महतोलाई बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा एक अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पूँजी आठ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा एक अर्ब ११ करोड रुपंैया संचित छ । बैंकले आ.व. २०७५—०७६ को पहिलो त्रैमाससम्ममा ३७ करोड १६ लाख खुद मुनाफा आर्जन गरेको छ साथै २०७५ असोज मसान्त सम्ममा ७७ अर्व ९८ करोड निक्षेप परिचालन गरी ७१अर्व ८१ करोड कर्जा प्रवाह गरेको छ ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु लगायत दुुई वटा एक्सटेन्सन काउन्टर र ५२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा एक सय ४२ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै,बैंकको देशभर एक सय आठ वटा एटीएमहरु संचालनमा रहेको छ ।