काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिवसहित १२ जना विरूद्ध मुद्दा दायर गरेको छ।
अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो। मुख्यसचिवसहित राजश्व विभागका तत्कालिन महानिर्देशक रितेशकुमार शाक्क, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, विकल पौडेल, गणेशविक्रम साह, विष्णुप्रसाद गौतम, हरिबल्लभ घिमिरे, केशव शर्मालगायत रहेका छन् ।
उनीहरुविरुद्ध ३८ करोड ६७ लाख १७ हजार विगो मागदाबी गरिएको छ । भ्रष्टाचार मुद्दा दर्ता भएपछि मुख्यसचिव अर्याल स्वतः निलम्बनमा परेका छन् ।
भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएलगत्तै निजामती कर्मचारी स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ ।