बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सेना, प्रहरी र अदालतमा यही रोग सरावरी

आइतबार, असार ९ २०८१

काठमाडौं । अर्कालाई एम्बुस थाप्दाथाप्दै त्यही धरापमा आफैं परेको घटना माओवादी द्वन्द्वताका प्रशस्त सुनिन्थे। अहिले भने नेपाली सेनाभित्र एक जना जर्नेल आफैं समस्यामा पर्ने खतरा देखिँदैछ।

प्रधानसेनापति हुने लाइनमा रहेका अशोक सिग्देललाई जन्ममिति सच्याएको, ०३९/४० को एसएलसीको ढड्डा हराएको अभियोग लगाउने प्रयास असफल हुने सम्भावना देखिएपछि यस्तो चर्चा भएको हो । यसअघि ताराध्वज पाण्डेको दुई नागरिकता प्रमाणपत्र भेटिएपछि जागिर हापेर अष्ट्रेलिया गएका उनी अहिलेसम्म फर्केका छैनन्। अशोक सिग्देलको परीक्षाको ढड्डा तालुकवाला कार्यालय सानोठिमीबाट हराउँदा व्यक्तिको दोष नभएर संस्थाको नै हुन्छ । धनुषाबाट कैलाश सिरोहियाको नागरिकताको ठड्डा हराउँदा अरु दोषी हुने हो र !

सिग्देललाई कटअफ गरेपछि निर्मल थापा पनि त्यसैको शिकार हुने पक्का छ किनकि उनले पनि नेपालमा अध्ययन गरेकै बखत भारतबाट प्रमाणपत्र ल्याएका छन्। एक व्यक्तिले दुईतिर एकै समयमा कसरी अध्ययन गर्न सक्छन् र!

सेनापति प्रभुराम शर्माकी श्रीमती सुनिताको नेतृत्वमा गत हप्ता १७ जना धर्मपत्नीको डफ्फा हेलिकप्टर चढेर माथिल्लो मुस्ताङ गएको थियो। जसमा सेकेण्ड म्यान सिग्देलकी श्रीमती निता थिइनन् भने थर्डम्यान निर्मलकी श्रीमती मुना थापाचाहिँ साथै गइन्। जबकि थापा अहिले सिरियाको गोलान हाइटमा शान्ति सेनाको कमाण्ड गरिरहेका छन् र सोही सिलसिलामा अमेरिका पुगेका छन् ।

सेनाभित्र उमेर र शैक्षिक प्रमाणपत्रको कैफियत गरेको आरोप बेला बेला उठ्ने गरे पनि यसको स्थायी समाधानतर्फ भने ध्यान दिएको पाइन्न। प्रायः जो जो सैनिक सचिव वा सहायक बसे, उनैका उमेर र शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित कैफियत भेटिएका छन् । डिरेन्द्र मल्ल, सुरेन्द्र सिजापति केही उदाहरण हुन् । प्रेमप्रकाश थापा मगरमाथि नक्कली सर्टिफिकेटधारी हेम खत्रीलाई विदेश तालिम गर्न सहयोग पुर्‍याएको आरोप लाग्यो।

प्रेमप्रकाशलाई त्यसबापत कारवाही नगरेको भए पूर्णचन्द्र थापाको बदला उनै प्रधानसेनापति हुन्थे । उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा कुनै कैफियत नभए पनि सैनिक सचिव हुँदा तत्काल ट्वाइसी रहेका गौरवसमशेर राणालाई अटेर गरेकै प्रतिशोधमा नखाएको विष लागेर जागिर गयो । लप्टनदेखि कर्णेल हुँदासम्म अत्यन्तै मिलनसार मानिएका थापामगर पछिल्लो समय भने निकै मात्तिएको अनुभव गर्नेहरू पनि छन्।

त्यसैगरी, प्रधानसेनापति धर्मपालवरसिंह थापाको ज्वाइँ पर्ने महासेनानी अनिल खड्काले पिएसओजबाट पारित नभएको विषयबारेको पत्र आफूखुशी लेखेर रक्षा मन्त्रालयमा पठाएपछि कारवाहीमा परेका थिए । खड्कासँगै अमेरिकामा सैनिक कोर्ष गर्दै बेला सुरेन्द्र रावललाई पनि बोलाएर बिनासित्ती कारवाही गरिएको थियो । अधिकृतहरूकोे पोस्टिङ, सरुवा, बढुवा, अधिकृतमा भर्ना हुँदा ताकाका सम्पूर्ण कागजातलगायतको रेकर्ड राख्ने काम सैनिक सचिवको हो।

आफू ठाउँमा हुँदा उमेर सच्याउने, ढड्डा केरमेट वा गायव गर्नेलगायतका काम गर्ने चलन पुलिस, न्यायाधीश, सेनामा बढी देखिएको छ । तल्लो तहमा हुन्जेलसम्म चुपचाप तर जब माथिल्लो पोष्टमा पुग्यो तब भने विवाद निस्कने गरेको पाइन्छ।

– देखीजान्ने अफिसरहरु​​​​​​​

(साभार:जनआस्था साप्ताहिकबाट)