बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एभरेष्ट बैंकद्वारा लुम्बिनी बिकास कोषलाई कुुर्सी हस्तान्तरण

शुक्रबार, पुष २० २०७५

काठमाडौै पुुस, २०– 
एभरेष्ट बैंकले लुम्बिनी बिकास कोषलाई कुुर्सी हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विश्व सम्पदा क्षेत्रमा अवस्थित मायादेवीमन्दिर परिसर तथा यस परिसरका अन्य ठाउँमा पर्यटकको थकान मेटाउनका लागि २० थान बस्ने कुर्सी हस्तान्तरण गरेको हो ।  
मायादेवी मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ द्वारा कार्यक्रमका प्रमुख अतिथी भेनिरेवल मित्य शाक्यपुुत्त कुर्सी हस्तान्तरण गरिएको थियो  । उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र मुनि शाक्य, परियोजना प्रबन्धक सरोज भट्टराई, बोर्ड सदस्य अमारिका कोहर लगायत लुम्विनी विकाश कोषका वरिष्ठ पदाधिकारीहरु, विभिन्न गुम्बाका पदाधिकारीहरु, स्थानिय ब्यापारीहरु, होटल ब्यवसायहरु, सुरक्षानिकायका प्रतिनिधिहरु, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो । 
बैंकले आफ्ना १० लाखभन्दा बढि ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ । बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत आन्तिरिक तथा बाह्य सन्जालमार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।