बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ग्लोबल आइएमई बैंकको गैंडाकोट शाखा कार्यालयको औपचारिक समुद्घाटन

मंगलबार, पुष १७ २०७५

काठमाडौं, पुस १७ 
ग्लोबल आइएमई बैंकले यही पुुस १६ गते सोमबार नवलपरासी बर्दघाट सुस्ता–पूर्व जिल्लाको गैंडाकोटस्थित शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । गैंडाकोट र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्धेश्यले खोलिएको शाखाको माननीय प्रदेश सांसद कृष्ण चन्द्र नेपालीले औपचारिक रुपमा समुद्घाटन गरेका हुन । उक्त शाखाको औपचारिक समुद्घाटन गर्दै सांसद नेपालीले गंैडाकोट लगायत देशका अन्य गाँउपालिकाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताए । 
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि एवम् गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बैंकले गैंडाकोटको आर्थिक समृद्धिमा थप सहयोग गरेको बताए । बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले सो क्षेत्रमा जम्मा भएको रकम सोहि क्षेत्रमा प्रयोग गर्ने बताए । आफुहरु सधै आर्थिक समृद्धिको लागि अगाडि बढ्ने भन्दै साझेदारीको सिद्धान्तलाइ अंगिकार गर्न लागि पर्ने बताउनुभयो । साथै गैंडाकोट र वरपरका क्षेत्रलाई इन्भेष्टमेन्ट हवको रुपमा स्थापित गर्ने लक्ष्य रहेको पनि बताए । बैकले सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी दिदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्धेश्य रहेको अध्यक्ष ढकालले बताए । 
कार्यक्रममा नवलपरासी बर्दघाट सुस्ता–पूर्वका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, गैंडाकोट नगरपालिकाका उपमेयर विष्णुकुमारी कँडेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग बाणिज्य संघका अध्यक्ष अमृत भट्टचन लगायत स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।  १२ वर्षअघि स्थापना भएको बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले एक सय ३३ शाखा वटा शाखा, एक सय ४१ एटिएम,  सात वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र एक सय १५ वटा शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा तीन प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना नौ लाख ५० हजारभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।