बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्रीले गर्ने भनिएको संसदको सम्बोधन स्थगित

मंगलबार, पुष १७ २०७५

काठमाडौं पुस, १७–
आज गर्ने भनिएको प्रधानमन्त्री केपी ओलीको संसदको सम्बोधन स्थगित भएको छ । 

प्रधानमन्त्रीले यसअघि आज १२ बजे बस्ने संसद बैठकमा  सम्बोधन गर्ने बताईएको थियो । तर, प्रधानमन्त्रीको सचिवालयले कार्यव्यस्तताका कारण स्थगित भएको जनाएको छ । 
सविधान संशोधन लगायतका समसामयिक विषयमा केन्द्रीत रहेर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने तयारी रहेको थियो । 

प्रधानमन्त्रीले सम्बोधन गर्ने भन्दै संसद सचिवालयले आजको बैठकमा कुनैपनि कार्यसुचि तय गरेको थिएन । 
संविधान संशोधनमा वेवास्ता गरेको भन्दै राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री ओलीले गत साता राजपा नेताहरुलाई बालुवाटार बोलाएर एक साता पर्खन आग्रह गरेका थिए । राजपाले आज हुने प्रधानमन्त्रीको संबोधनमार्फत संविधान संशोधनको प्रगतिबारे स्पष्ट धारणा आउन अपेक्षा गरेको थियो । संसदको हिउँदे अधिवेसन गत बुधबारबाट सुरु भएको हो ।