बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन

शुक्रबार, पुष १३ २०७५

काठमाडौं पुस, १३–
वरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका लामिछानेको  ६६ वर्षको उमेरमा  निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहेका लामिछाने  पछिल्लो समय निमोनियाले ग्रस्त थिए ।  निमोनियाको उपचार चलिरहेकोबेला  शुक्रबार दिउँसो उनको निधन भएको लामिछानेको पारिवारिक स्रोतले जनायो ।  लामिछानेको घास काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका गीत समाजमा निकै चर्चित छन् ।