बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान प्राविधिक र प्रशासनिक त्रुटीका कारण रोकिएको हो : खेलकुदमन्त्री श्रेष्ठ

बिहिबार, जेष्ठ १७ २०८१

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडानको कुरा केही प्राविधिक र प्रशासनिक त्रुटीका कारण रोकिरहेको भन्दै आगामी आर्थिक वर्षका लागि २० करोड रुपैयाँ छुट्याइएको बताए । बिहीवार कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण एवं अवलोकनका लागि कीर्तिपुर पुगेका मन्त्रीले यस्तो बताएका हुन् ।

उनले अन्य देशहरूमा मुख्य मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिएको हुने भन्दै नेपालले पनि सोही अनुभवबाट सिक्दै खेल मैदान आसपासको क्षेत्रमा नै खेलाडी आवास निर्माण गर्न होटल व्यवसायी संघ (हान)सँग आग्रह गर्ने बताए ।

उनले मैदान संरचनालाई सुदृढीकरण गर्ने र अन्तर्राष्ट्रिय स्तरमा अन्य राष्ट्रलाई संरचना बनाउँदै प्रतिष्पर्धामा आउँदैछौँ भन्ने किसिमको सन्देश दिन लागेको बताए । उनले कीर्तिपुर क्रिकेट मैदानमा खानेपानी, शौचालयको समस्या समाधानका लागि पहल सुरू गर्ने पनि बताए ।

सो अवसरमा खेलकुदमन्त्री श्रेष्ठले त्रिवि मैदानमा अभ्यास गरीरहेका क्रिकेटर सन्दीप लामिछानेसँग पनि भेट गरेका थिए। उनले लामिछानेसँग सरकारले विश्वकप खेल्न पठाउनका लागि कुटनीतिक पहल गरेको र विश्वकप खेल्न जान पाउनेमा आशावादी रहेको बताए।