काठमाडौं । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–१४ रातानाङला मोडस्थित सडकमा सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे.१ च २५६० नम्बरको बलेरो जिप आफै अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा जिपमा सवार हाल नाम, थर, वतन नखुलेका ४ जना पुरूषको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार अन्य २ जनाको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।
मकवानपुको भिमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.६ च ९३७९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा कारमा सवार मनहरी गाउँपालिका–८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपालीसमेत ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सहकारी अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोटस्थित सडकमा गोठलापानीबाट झुलाघाटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०० नम्बरकोजिप अनियन्त्रित भई सडकबाटकरिब ३० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार दोगडाकेदार गाउँपालिका–६ सित्तड बस्ने २१ वर्षीया मिना जोशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा,जनकपुर उपमहानगरपालिका–१४ भाटभटेनी नजिकै सडकमा ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको स.७प४३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदाचालक उदयपुर बेलकानगरपालिका–१ बस्ने५० वर्षीय सचितानन्द चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको जानकी हेल्थ केयर जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
बाँकेको डुडुवा गाउँपालिका–४ मलई पुरूवास्थित सडकमा भे.१ त ३२३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदाचालक सोही गाउँपालिका–४ साहपुरूवा बस्ने३८ वर्षीय नरेश खटिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
पर्साको वीरगंज महानगरपालिका–१४ नहरको बाटोमा गणडकबाट बारातर्फ जाँदै गरको ना.१६प३४४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीबारा परवानीपुर गाउँपालिका–५ बहुअरी टोल बस्ने ३७ वर्षीय देव कुमार पटेलको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा मेडिसिटि अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।