काठमाडौं । टिभिएस मोटर नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आफ्ना सम्मानित ग्राहकहरूका लागि विभिन्न पृष्ठभूमिका ३० जना राइडरहरूसहित काठमाडौंदेखि कुलेखानीसम्मको यात्रा, “फर्स्ट रोनिन कल्ट राइड”सफलतापूर्वक आयोजना गरेको छ ।
२३ वर्षीय राइडर, सञ्जय आलेले, यस महत्वपूर्ण सवारीका लागि पोखरा देखि काठमाडौंसम्मको यात्रा गरेर सहभागीहरूको साहसिक जोशको प्रतीक बने । उनि भन्छन, “यो केवल सवारी मात्र नभई एक साहसिक यात्रा थियो। टिभीएस रोनिनले हरेक मोडमा आफ्नो क्षमता प्रमाणित गर्दै अफ–रोड भूभागहरूमा पनि ह्यान्डल गर्न सहज थियो ।
जेठ १२ गते आयोजित, ’रोनिन कल्ट राइड’ आधुनिक रेट्रो मोटरसाइकल उत्साहीहरूका बीच साहसिक र सौहार्दताको भावनाका साथ उत्कृष्ट सफलता हासिल ग¥यो । २३ देखि ५५ वर्ष उमेरका सहभागीहरूको विविध समूहको उपस्थिति रहेको उक्त यात्रा काठमाडौंदेखि कुलेखानीसम्म केहि चुनौतीपूर्ण भूभाग समेटिएको थियो ।
अफ–रोड र भारी वर्षाका कारण यात्राको समयमा चुनौती अझै थप भए तापनि राइडरहरूले अटल उत्साह र ऊर्जाका साथ यात्रा पुरा गरेका थिए। मौसमका कारण कुलेखानीको तालमा डुङ्गा चढ्ने र माछा मार्ने योजना रद्द गर्नुपर्ने भए पनि सहभागीहरूको दृढता र मनोबलले यात्रामा उत्साह थपेको थियो ।
यसको अगाडि र पछाडि रहेको डुअल–च्यानल एबीएस सहितको डिस्क ब्रेकको साथ, रोनिनले जुनसुकै मौसम र जस्तोसुकै भूभागहरूमा उत्कृष्ट स्टपिङ पावरसंगै राइडरको सुरक्षा सुनिश्चित गर्दछ । यात्रामा राइडरहरूले टिभिएस रोनिनलाई लामो यात्राका लागि आरामदायी र भरपर्दो सवारी साधनको रूपमा आफ्नो विश्वास व्यक्त गरेका थिए । यसको उच्चतम २२५ सीसी सिंगल–सिलिन्डर इन्जिनले बलियो टर्क र सहज पावर डेलिभरी प्रदान गर्दछ, जसले यसलाई शहरी र लामो दुरी दुवै यात्रा लागि उपयुक्त बनाउँछ। यसमा समावेश उत्कृष्ट विशेषताहरूका साथ, उत्कृष्ट निर्माण र स्टाइलिश रेट्रो–आधुनिक डिजाइनकोले यस टिभिएस रोनिनलाई मोटरसाइकल मात्र नभई हरेक यात्राको एक विश्वसनीय साथी भनाउँछ ।
जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस ब्रान्डका दुई पाङ्ग्रे सवारी साधन ब्रान्डमा पूणर्स्थापित छ । यी ब्रान्डका मोटरसाइकल र स्कुटर दुवै नेपाली जनतामाझ राइडर फ्ल्याग शिप मोडेलको रुपमा टिभिएस अपाचे आरटीआर र एनटर्क लोकप्रिय छन् । यो ब्रान्ड पावरको हिसाबले र स्पोर्टी लुकसहितको मोटरसाइकलको रुपमा लोकप्रियता हासिल गरेको छ । जगदम्बा मोटर्स प्रा. लिमिटेडको १४० भन्दा बढी घक् डिलरहरू र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्रहरूका साथ काठमाण्डौंमा ६ विशेष शोरूमहरू सहितको विस्तृत डिलर नेटवर्क रहेको ।