बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

चीनका एक व्यक्तिले २७ वर्षमा ३० हजारभन्दा बढी रूख रोपे

बुधबार, जेष्ठ १६ २०८१

काठमाडौं। चीनको जिलिनमा भूतपूर्व वन फार्मकर्मीले २७ वर्षमा ३० हजारभन्दा बढी रूख रोपेका छन् ।

लिउ सियाओगुआङ जिलिनमा वन फार्म मजदुरको रूपमा काम गर्ने गरेका थिए । उनले सन् १९९७ मा रूख रोप्ने प्रयास सुरू गरेका थिए । जबसम्म खुला ठाउँ रहन्छ आफू रुख रोपिरहने उनले बताए । पशुपंक्षीको रक्षा गर्नु मानिसको दायित्व भएको बताए ।

झन्डै तीन दशकपछि लिउले रोपेका रूखहरू हरियाली वनमा परिणत भएका छन् । जसले प्रत्येक वर्ष १० हजार भन्दा बढी प्रवासी चराहरूलाई गुँड र प्रजनन गर्न आकर्षित गर्दछ ।