बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रभु लाइफको नयाँ जीवन बीमा “श्रीवृद्घि जीवन बीमा योजना” सार्वजनिक

शुक्रबार, पुष ६ २०७५

काठमाडौं, पुुस ६
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ जीवन बीमा योजना“श्री वृद्घि जीवन बीमा योजना” सार्वजनिक गरेको छ । राजधानीको एक होटलमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष डा. आत्माराम घिमिरेबाट उक्त जीवन बीमा योजना सार्वजनिक गरिएको हो । कार्यक्रयमा डा. घिमिरेले प्रभु लाइफले यसै गरी जनमानस बीच उत्कृष्ट जीवन बीमा योजनाहरु ल्याउ्रँदै जाने कुरा बताए ।  
कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने लगायत कम्पनीका व्यवस्थापन समूहका सदस्यहरु तथा विभिन्न संघ संस्थाहरुका महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा लामिछानेले यो जीवन बीमा अत्यन्तै प्रभावकारी हुने जानकारी व्यक्त गरे । गा्रहकहरुलाई यस  जीवनवीमा बाट धेरै नै लाभ हुने कुरामा दुईमत नरहेको र कम्पनीको उत्कृष्ट जीवन बीमा योजनामा श्री बृद्धि जीवन वीमा योजना रहेको जानकारी गराए । उनले हाल बिभिन्न ४० शाखा तथा उपशाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको र आगामी दिनहरुमा कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल क्रमशः बिस्तार गर्दै लैजाने लक्ष्य रहेको बताए ।  
कम्पनीका अनुसार श्रीवृद्घि जीवन बीमा योजना अन्तर्गत बीमा रकममा प्रत्येक वर्ष पाँच प्रतिसतका दरले वृद्घि हुँदै जानेछ तर बीमा शुल्क (प्रिमियम) भने जीवन बीमा अवधि भरि नै एकैनास हुनेछ । मानौँ, १० लाख बराबरको २० वर्षे जीवन बीमा गर्दा पहिलो वर्ष नै १० लाखको ५० हजार रुपैयाँले वृद्घि हुन्छ । अनि २० वर्षमा बीमा रकम २० लाखको हुनेछ र बोनस सहित बीमितले बीमाङ्कको करिब तीन गुणा रकम एकमुष्ठ फिर्ता पाउनेछन् । 
दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले एक अर्ब ४० करोड लगानी गरेकाछन् । कम्पनीले केही समयभित्रै साठ्ठी करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ ।