बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुरको बैकुन्ठेमा

शुक्रबार, पुष ६ २०७५

काठमाडौं, पुस ६ 
एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय रामप्रसादराई गाउँपालिका वडा नं ६, भोजपुरस्थित बैकुन्ठे शाखाको रामप्रसादराई गाउँपालिका प्रमुख विजय राईबाट आज शुक्रबार भव्य समारोहकाबिच समुद्घाटन भएको छ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर दुुई सय ७० शाखा कार्यालयहरु, दुई सय ८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 
बैंकको वासलातको आकार दुुई खर्ब १२ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब एक खर्ब ६९ अर्ब तथा कर्जा एक खर्ब ४५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंककोरुपमा आफ्नो पहिचानबनाउन सफल भइसकेको छ । हालसम्म बैंकमा ग्राहकको संख्याकरिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।