मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा

मंगलबार, जेष्ठ १५ २०८१

काठमाडौ । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो प्लस चाँडै ल्याउने भएको छ । आकर्षक डिजाईन तथा अत्याधुनिक प्रविधिको साथ यो फोनले नेपालको स्मार्टफोन बजारमा नयाँ तरङ्ग ल्याउने रियलमीले अपेक्षा राखेको छ ।

रियलमी १२ प्रो प्लसमा ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन रहेको छ। फोनसँगको हरेक अन्तरक्रियालाई रमाइलो बनाउनको लागि यसमा १२० हट्जको रिफ्रेस रेट राखिएको छ । क्वाल्कम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२ प्रो प्लसमा धेरै एपहरु चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जिबीको ¥यामसँग ५१२ जिबीको आन्तरिक स्टोरेज दिइएको छ, जुन आवश्यकता अनुसार २४ जिबीसम्म बढाउन पनि सकिन्छ ।

फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरुको लागि रियलमी १२ प्रो प्लसको क्यामरा अति उपयोगी हुने बताईएको छ । ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नि भिजन ओभि६४बी सेन्सर र ओआईएस, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामरा, ८ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगा पिक्सेलकाृ सोनि आईएमएक्स ६१५ सेल्फी क्यामरा जस्ता अत्याधुनिक सुविधाहरु रियलमी १२ प्रो प्लसमा उपलब्ध छ । यी अत्याधुनिक क्यामराहरुले प्रयोगकर्तालाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ्ग जस्ता फिचरहरु रहेका छन् ।

६७ वाटको सुपरभोक सुपरफास्ट चार्जीङ्ग युक्त ५ हजार एमएएच्को ब्याट्रीले गर्दा रियलमी १२ प्रो प्लसका प्रयोगकर्ताहरुले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्छन् । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ्ग एडप्टर तथा यूएसबी टाईप–सी केबल निःशूल्क पाईन्छ ।नेपालमा रियलमी १२ प्रो प्लसको १२ जिबी र्‍र्‍याम र २५६ जिबी स्टोरेजको भेरियन्ट उपलब्ध हुने अनुमान गरिएको छ ।