बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एन आई सी एशियाको साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पाउँदा लगानीकर्ताहरु हर्षित

बुधबार, पुष ४ २०७५

काठमाडौं पुुस, ४–
एन आई सी एशिया बैंक लिमिटेडले २१ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले पुुस चार गते बुुधबार ललितपुर महानगरपालिका वडा नं २, सानेपास्थित हेरीटेज गार्डेनमा आफ्नो २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले आर्थिक बर्ष २०७४—००७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७५ आषाढको वासलात र आर्थिक बर्ष २०७४—०७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ । सभाले बैंकको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. र एन आई सी एशिया क्यापिटल लि. सहितको आ.व. २०७४—०७५ को एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । सभाले चालु आ.व. २०७५—०७६ को लागि श्री टि आर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ । 
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिसतका दरले ८० करोड ३१ लाख ११ हजार सात सय  रुपैयाँ बोनस शेयर वितरण गर्न र सो मा लाग्ने कर प्रयोजनको लागि शुन्य दशमलव ५२ प्रतिशत अर्थात चार करोड २२ लाख ६९ हजार ३७ रुपैयाँ नगद लाभांस बितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरणबाट बैंकको साविक अधिकृत पूँजी आठ अर्ब चार करोड रुपैयाँबाट बढेर आठ अर्ब ८४ करोड रुपैयाँ पुुगेको पुुग्ने छ भने साविक तत्काल चुक्ता पूंजी आठ अर्ब तीन करोड ११ लाख १६ हजार नौ सय ९८ रुपैयाँलाई वृद्धि गरी आठ अर्ब ८३ करोड ४२ लाख २८ हजार छ सय ९८ रुपैयाँ पुर्याउन स्वीकृत गरेको छ । 
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मूलुकभर दुुई सय ७० शाखा कार्यालयहरु, दुुई सय ८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको जानकारी पनि बैंकले दिएको छ । बैंकको वासलातको आकार दुुई ख खर्ब ११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब एक खर्ब ६९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब एक खर्ब ४५ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाएको छ ।