बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘प्रहरीमाथि औंला ठड्याउँदैमा राम्रो नतिजा आउदैन’ आईजीपी खनाल

बुधबार, पुष ४ २०७५

काठमाडौं पुस, ४–
 प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि साधन, स्रोतको अभाव रहेको बताएका छन् । बुधबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले   प्रहरीमाथि औंला ठड्याउँदैमा अपराध अनुसन्धानमा राम्रो नतिजा नआउने प्रष्ट पारे । 
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त प्रकरणमा प्रहरीको आलोचना भइरहेका बेला आईजीपी खनालको यस्तो भनाइ आएको हो ।  आइजीपी खनालले भने, ‘कुरा नबुझिकन अर्कोले गर्नुपर्ने कामको सन्दर्भमा मात्रै औंला ठड्यायौं भने त्यसले पनि राम्रो नतिजा नदिन सक्छ ।’
 ‘सबै कुरा म्यानुअल्ली अपरेट गरेर मात्रै हुन्न, ‘ आईजीपी खनालले अघि भने, ‘त्यसमा चाहिने स्टक्चर, त्यसमा चाहिने साधन, स्रोत चाहे त्यो टेक्नोलोजी होस् या भौतिक साधनहरु, त्यो सँगसँगै अगाडि बढाउनु पर्ने आवश्यकता छ । हाम्रो परिपेक्षमा तड्कारो रुपमा आवश्यकता रहेको हामी सबैले अनुभूति गरेका छौं ।’