मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

पहिलो कारोबार दिन नैं घट्यो नेप्से, २२ अंकले घट्दा चार अर्ब ४४ करोडको सेयर किनबेच

आइतबार, जेष्ठ १३ २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन नैं आईतबार नैं नेप्से घटेको छ । नेप्से आज २२ दशमलव १४ अकले घटेर २१ सय नौं दशमलव ३४ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४४ अंकले घटेर तीन सय ७९ दशमलव २३ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ७० हजार पाँच सय ८६ पटकको कारोबारमा एक करोड १० लाख ४४ हजार चार सय ८५ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम चार अर्ब ४४ करोड १५ लाख ३८ हजार चार सय ७१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा होटल तथा पर्यटन समुहको सुचक एक सय ७७ दशमलव ६४ अंकले बढेर पाँच हजार चार सय ४५ दशमलव ३९ अंकमा पुगेको छ भने सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य तीन अंकले बढेको छ । यि बाहेकका बाँकी समुहहरुको सुचक भने आज घटेका छन्् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १० दशमलव ४९ अंकले घटेर ११ सय ८२ दशमलव २३ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ४८ दशमलव ६४ अंकले घटेर चार हजार एक सय १५ दशमलव ३६ अंकमा झरेको छ । यसैगरी फाईनान्स समुहको सुुचक पनि ४७ दशमलव ४१ अंकले घटेर २१ सय १२ दशमलव ४४ अंकमा झरेकोमा जलबिधुत समुहको सुुचक पनि ४० दशमलव ७६ अंकले घटेर २४ सय ६९ दशमलव ८८ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि ८३ दशमलव ४५ अंकले घटेर १० हजार तीन सय दशमलव ५९ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ११ दशमलव ४० अंकले घटेर १० हजार आठ सय १८ दशमलव ५७ अंकमा झरेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिञ्चोक दर्शन लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।