काठमाडौं । अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ। गएराती सम्पन्न टी–२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशलाइ ६ रनले पराजित गरेको हो।
अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको बंगलादेश १९ दशमलव ३ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो। बंगलादेशका कप्तान नजमूल होसेन शान्टोले ३४ बल खेल्दै सर्वाधिक ३६ रन बनाए। सकिब अल हसनले २३ बलमा ३० रन जोडे। टोवहिद हृडोयले २१ बलमा २५ रन बनाए।
अमेरिकाका अलि खानले ३।३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। यस्तै सौरभ नेत्रभाल्कर र श्याडली भान शाल्कविकले समान २ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो। अमेरिकाका लागि कप्तान मोनान्क पटेलले ३८ बल खेल्दै सर्वाधिक ४२ रन बनाएका थिए। एरन जोन्सले ३४ बलमा ३५ रन बनाउँदा अर्का ओपनर स्टेभन टेलरले ३१ रन जोडे।
बंगलादेशका शोरीफूल इस्लाम, मुस्तफिजुर रहमान र ऋषाद होसेनले समान २ विकेट लिए।
लगातार दुई जितपछि अमेरिकाले बंगलादेशविरुद्धको सिरिज एक खेल अघि नै २-० ले जितेको छ । अब तेस्रो खेल शनिबार हुने छ ।