मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

प्रतिनिधिसभा बैठक जेठ ११ सम्मलाई स्थगित

मंगलबार, जेष्ठ ८ २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठक यही जेठ ११ गतेसम्मका निम्ति स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले अब अर्को बैठक जेठ ११ गते बिहान ११ बजे बोलाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबिच मंगलबार केही समय बैठक सञ्चालन गरिएको थियो ।

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ। समिति बनाउन सरकार पनि तयार भए पनि टिओआरमा अझै कुरा मिल्न सकेको छैन।