मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

मंगलबार, जेष्ठ ८ २०८१

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित ट्याम्पल रिसोर्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका–४ डेरा गरी बस्ने गौरीगंगा नगरपालिका–४ घर भएका २६ वर्षीय रोहन परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय अशोक पाल र सोही उपमहानगरपालिका–१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सु.प.प्र.०१०१० प ९४०३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ४९ मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका–७ गछियाँ बस्ने २० वर्षीय विमल चौधरी र सोही नगरपालिका–१० बस्ने २१ वर्षीय निकेश चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको कोशी गाउँपालिका–१ पुरी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९१ मिलिग्रामसहित इनरूवा नगरपालिका–६ सखुवागाछी बस्ने २६ वर्षीय सुशान्त खनाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३९ मिलिग्रामसहित सुनसरी दुहबी नगरपालिका–२ बस्ने २० वर्षीय शुसान्त चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५३ प ५८२१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक शुसान्तलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–३१ नहरचोकस्थित धौलागिरी होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ घर बताउने २६ वर्षीय अस्मित ढुंगानालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले होटलमा बस्दै आएका अस्मितको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

पर्साको वीरगंज महानगरपालिका–१६ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० ग्राम र अफिम जस्तो देखिने पदार्थ १ सय ५० ग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ घर भएका २९ वर्षीय समुन्द्र साह र २४ वर्षीय अमिर बानियाँ रहेका छन् । प्रहरी चौकी इनर्वा पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–०२ प ९४५० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाको मेचिनगर नगरपालिका–६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम १ सय मिलिग्रामसहित दमक नगरपालिका–९ बस्ने २७ वर्षीय आषिश खडियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथलीबाट अवैध लागूऔषध गाँजा १ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २१ ट्याब्लेट, नगद ४ हजार ९ सय १५ रूपैयाँ, मोबाइल ६ थान, ट्याब १ थान, हातमा लगाउने नक २ थान, बन्चरो १ थान, क्यामरा १ थानसहित काभ्रे घर भई काठमाडौं कोटेश्वैर बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाथलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध र सरसामानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।