बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

सोमबार, जेष्ठ ७ २०८१

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि कब्जा गरेको छ।

शनिबार सम्पन्न प्रिमियर लिगको अन्तिम खेलमा वेस्टह्याम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटीले यस सिजनको प्रिमियर लिगको उपाधि जितेको हो ।

म्यानचेस्टर सिटीले आठौ पटक प्रिमियर लिगको उपाधि जितेको छ । साथै म्यानचेस्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जितेको छ ।

यस सिजनको अन्तिम खेल पछि सिटीको ३८ खेलमा ९१ अंक भएको छ र उपाधि जितेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको आर्सनलको ३८ खेलमा ८९ अंक रहेको छ ।