बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

१० अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री गर्दै राष्ट्र बैंक

सोमबार, जेष्ठ ७ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गर्ने भएको छ । राष्ट्र बैकका अनुसार जेठ सात गते सोमबार अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

परिपक्व हुुने अवधि सात दिन तोकिएको निक्षेप उपकरणको सावाँ व्याज भुक्तानी मिती २०८१ जेठ १४ गते तोकिएको छ । राष्ट्र« बैंकका अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो । खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।