काठमाडौं । लक्ष्मी सनराइजले बिराटनगरमा रहेको आफ्नो शाखा स्थानान्तरण गरेको छ । बैंकले हनुमान दास रोड, बिराटनगर महानगरपालिका वडा नं ७ रहेको आफ्नो दुई शाखा मध्ये एउटा शाखालाई बिराटनगर महनागर वडा नं ३ को पुस्पलाल चोकमा नयाँ स्थानमा स्थानान्तरण गरेको हो ।
स्थानान्तरित शाखाबाट सबै सेवाहरु उपलब्ध गराउने बैंकले जानकारी दिएको छ । भर्खरै स्थानान्तरण गरिएको शाखा आफ्ना ग्राहकहरूलाई खुद्रा बैंकिङ सेवाहरूको पूर्ण दायरा प्रदान गर्न र साना र ठूला व्यवसायहरूमा यसको सेवाहरू विस्तार गर्न सुसज्जित रहेको जानकारी पनि बैंकले दिएको छ ।
लक्ष्मी सनराइजको नेटवर्कमा अहिले ५९ जिल्लामा २५६ वटा शाखा, ३२१ वटा एटिएम, २८ वटा एक्स्टेन्सन काउन्टर र १३१ वटा शाखा रहित बैंकिङ एजेन्टहरू छन् । बैंकले हरित बैंकिङ र डिजिटल च्यानलहरू जस्तै मोबाइल र इन्टरनेट ब्याङ्किङलाई सक्रिय रूपमा प्रर्वधन गर्दै आएको छ ।