काठमाडौं पुस, १–
लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले पौष १ गते आईतवार सातौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गर्नु भएको आ.व. २०७४—०७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले २०७५ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूंजी २४ करोड २० लाख रुपैयाँ मध्येबाट २६ दशमलव ३२ प्रतिसतले हुुन आउने नगद लाभांश छ करोड ३८ लाख ८४ हजार दुुई सय ११ रुपैयाँ (कर समेत) पारित गरेको छ ।
लेखापरिक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०७५—०७६ को लागि लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्त गर्न एबम् निजको पारिश्रमिक निर्धारण गर्न साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । सभाले संस्थाको प्रवन्धक पत्र नियमावलीमा आवश्यक संसोधन गर्न र अन्य इजाजतपत्र प्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा तोकेका ब्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुुई जना सञ्चालकहरुको समेत निर्वाचन हुने कार्यक्रम रहेकोमा उक्त निर्वाचन कार्यक्रममा बहालवाला सञ्चालक सविना उपाध्याय र गणेश भट्टराई थप कार्यकालको लागि निर्विरोधरुपमा चयन भएको संस्थाले जनाएको छ ।
संस्थाले हाल देशभर ४७ जिल्लाहरुमा ६२ वटा शाखा कार्यालयहरु मार्फत ७२ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पु¥याएको छ । त्यस्तै गरी संस्थाले तीन अर्व भन्दा बढी कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट एक अर्ब भन्दा बढी बचत संकलन पनि गरेको छ ।