काठमाडौं । नेप्सेमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ४५ दशमलव ६९ अंक बढेर दुई हजार ६४ दशमलव ४५ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३९ अंकले बढेको छ ।
नेप्सेमा आज तीन सय २३ वटा कम्पनीहरुको ७४ हजार नौं सय ९१ पटकको कारोबारमा एक करोड २२ लाख ५० हजार कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब २५ करोड १० लाख रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज कारोबार भएका मध्ये सबै समुहहरुको सुचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै समुहहरुका सुचक उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा फष्र्ट माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माण्डु हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्नै कम्पनीहरुको सुचीमा भने सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी परेको छ ।