बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भावी प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको सुनुवाई आजदेखि सुरु

आइतबार, पुष १ २०७५

काठमाडौं  पुस, १–
 आइबारबाट भावी प्रधानन्यायाधीशका लागि सिफारिस चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाइ  सुरु हुँदैछ । संवैधानिक परिषदबाट भावी  प्रधानन्यायाधीशका लागि सिफरिस राणाको  सुनुवाइका लागि समितिको बैठक आज ११ बजेका लागि बोलाइएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । आजको बैठकले राणाबारे १० दिन उजुरीका लागि समय छुटट्याइनेछ  । त्यस समयमा परेका उजुरीबारे प्रस्तावित व्यक्तिले जवाफ दिएपछि स्वीकृत वा अस्वीकत के गर्ने भनेर समितिले निर्णय गर्नेछ । 

समितिले स्वीकृत गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक प्रावधान छ ।  गत बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राणाको नाम सिफारिस गरेको थियो । त्यसअघि न्याय परिषद्ले आगामी प्रधानन्यायाधीशका लागि राणा र दीपकराज जोशीको नाम सिफारिस गरेको थियो ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण यहि पुस १७ गतेबाट अवकाश पाउँदैछन् । सामान्यतया प्रधानन्यायाधीशले अवकास पाउनुभन्दा एक महिनाअघि विदा बस्ने र सरकारले भावी प्रधानन्यायाधीश नियुक्ति प्रकृया थाल्नुपर्ने भएपनि यसपटक ढिलाई भएको छ ।