बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

घुस मागेको अभियोगमा कम्पनी रजिष्टार कार्यालयका कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रणमा

शुक्रबार, मंसिर २८ २०७५

काठमाडौं मंसिर, २८–
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कम्पनी रजिष्टारको कार्यालय, त्रिपुरेश्वरका कम्प्युटर अपरेटरलाई नियन्त्रणमा लिएको छ 

कम्प्युटर अपरेटरमा करार सेवामा कार्यरत  पूर्णचन्द्र आत्रेयले कम्पनीमा कायम रहन आएका शेयरधनीहरुको शेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको  सूचनाको आधारमा अख्तियारले पक्राउ गरेको हो । 

सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा पुगेको अख्तियारको टोलीले आत्रेयलाई उनकै कार्यकक्षबाट पक्राउ गरेको हो । अख्तियारले घुस मिलाउन बिचौलियाको काम गर्ने सरिता कार्कीलाई पनि पक्राउ गरेको छ । उनीहरुले ७ हजार घुस लिइसकेको अख्तियारको भनाइ छ ।