काठमाडौं मंसिर, २८–
दोलखाली गायक असिम कुमार कटुवा ‘गफै त हो बा’ नामक हास्य टेलि सिरिएलबाट कलाकारको रुपमा देखिएका छन् । समाजमा भएका नराम्रा कुराहरुलार्इ हास्य व्यंग्यको रुपमा उक्त सिरिएलमा प्रस्तुत गरीएको गायक असिम कुमार कटुवा जानकारी दिए । निर्देशन, सम्पादन तथा कथा लेखन नारायण मगरको रहेको उक्त सिरियलमा छायांकन भने रुकेस बरालको रहेको छ । सिरिएलमा चर्चित हास्य कलाकार बिमीली निरौलासँगै अहिलेका चर्चित दोलखाली हास्य कलाकार भीम के सीको समेत अभिनय रहेको छ । त्यस्तै, हरिसा बानिया,अर्जुन डम्जाली,अशिम कुमार कुटवाल, भिमसेन गौतम उदास, लक्ष्मी उप्रेरी, रेलकुमार तमाङसुशील कोइराला, सन्दिप थापा, ज्योति कुमार कार्की, निरोज खड्का, हरिशरन चौलागाँइ आदिलाई पनि सिरियलमा देख्न सकिन्छ । असिम कुमार कटुवाल नामक युट्युव च्यालबाट सिरियल बजारमा आएको हो ।