बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शनिबार नेकपाको स्थायी कमिटी बैठक बस्दै

शुक्रबार, मंसिर २८ २०७५

काठमाडौं मंसिर, २८–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्ने भएको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने उनले जानकारी दिए।

यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो। नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच पार्टी एकता भए पनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना भएको थियो।

स्थायी कमिटी बैठक नबस्दा पार्टी एकीकरण प्रक्रियासमेत लम्बिएको छ। बैठकमा सचिवालय बैठक प्रदेश कमिटीलाई पूर्णता दिए पनि जनवर्गीय सङ्गठन र जिल्ला कमिटीको भने एकीकरण हुन सकेको छैन। शनिबार बस्ने बैठकले जनवर्गीय र जिल्ला कमिटीको एकतालाई निष्कर्षमा पुर्‍याउनेछ।रासस