काठमाडौं मंसिर, २५–
भिबोर क्यापिटलको नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको यही मंसिर २१ गते शुुक्रवार सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०७४—०७५ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
कम्पनीले गत आर्थिक बर्षमा २३ लाख ९४ हजार आठ सय २० रुपैयाँ खुद मुनाफा कमाएको थियो । सभाले नयाँ संचालक समितिको सर्बसहमतीले चयन गरिएको छ । नयाँ संचालक समितिमा तुलसी प्रसाद उप्रेती, दिपकबहादुर खड्का, आदर्शराज पाण्डे र रमेश अग्रबाल चयन भएका छन् ।
साथै यस क्यापिटलको पुुंजी बृद्घि गर्नु पर्ने भएकाले, उपयुक्त प्रस्ताव आएमा मर्जर बा एक्विजिसनबाट नया लगानिकर्ता समाबेश गर्न संचालक समितिलाई अख्क्तियारी प्रदान गर्ने निर्णय समेत पारित गरेको छ ।