बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

‘टाइटानिक’ का अभिनेता बनार्ड हिलको निधन

मंगलबार, बैशाख २५ २०८१

एजेन्सी । चलचित्र ‘टाइटानिक’ का अभिनेता बनार्ड हिलको निधन भएको छ । ‘टाइटानिक’ मा क्याप्टेन एडवर्ड स्मिथको भूमिकामा देखिएका उनको ७९ वर्षमा उमेरमा निधन भएको हो । उनको निधनको कारण भने खुलाइएको छैन । बनार्ड ११ अस्कार जित्ने दुई चलचित्रमा अभिनय गर्ने एक मात्र चलचित्र स्टार हुन्। उनले सन् १९९७ मा रिलिज भएको ‘टाइटानिक’ र २००३ मा रिलिज भएको ‘लर्ड अफ द रिङ्स’ मा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यी दुवै चलचित्रले ११–११ ओस्कर अवार्ड जितेको थियो ।

बानार्डको निधनमा कोस्टार बारबरा डिक्सनले दुःख व्यक्त गरेको छ। ‘बनार्ड हिलको निधन भएको कुरा अत्यन्तै दुःख का साथ जानकारी गराउँछु । हामीले सन् १९७४ मा विली रसेलको शो ‘जोन पल जर्ज रिंगो एण्ड बर्टु’ मा सँगै काम गरेका थियौँ । उनी एक अद्भूत अभिनेता थिए। उनीसँग भेट्नु र काम गर्न पाउनु सम्मानको कुरा हो’, उनले एक्समा लेखेका छन।

टाइटानिक र लर्ड अफ द रिङ्सबाहेक हिलले आफ्नो करियरमा गान्धी र द स्कर्पियन किंगलगायत धेरै हिट चलचित्रमा काम गरेका थिए। आफ्नो ५० वर्षको अभिनय करियरमा उनले चलचित्रसहित टिभी सिरियल र नाटकमा काम गरेका थिए।