बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको क्यूआर टेलर शुरु

बुधबार, बैशाख १९ २०८१

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले डिजिटल कारोबारको माध्यमबाट गा्रहकहरुलाई नगद भुक्तानीमा थप सहज गराउने उद्देश्यले क्यूआर टेलरको सुभारम्भ गरेको छ । फाइनान्सका अध्यक्ष युवराज भण्डारीले सो क्यूआर टेलरको सुभारम्भ गरेका हुन ।

सो समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, एशियन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग, वरिष्ठ प्रबन्धक शिवराज भण्डारी तथा संस्थाका अन्य कर्मचारी तथा गा्रहकहरुको उपस्थिति रहेको थियो ।

क्यूआर टेलर सुविधाबाट संस्थाका गा्रहकहरुले सो प्रविधि मार्फत नगद भुक्तानी लिन सक्नेछन् । यस प्रविधिले गा्रहकहरुलाई आफ्नो कारोबार गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ । सो क्यू आर टेलर सुविधा संस्थाले हाललाई काठमाण्डौं उपत्यकाको शाखाहरुमा सुरुवात गरेको छ भने निकट भविष्यमा देशभरका सबै शाखाहरुमा सुरुवात गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आईरहेको बताइको छ ।