काठमाडौ । विद्युतीय सवारी निर्माता ओमोडा युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनि बनेको छ । अटोमोटिभ उद्योगमा वातावरणमैत्री रूपान्तरणको लहरको बीचमा ओमोडाले आफ्नो विश्वव्यापी विस्तारलाई फराकिलो बनाउँदै आफ्नो अत्याधुनिक सक्षमता प्रदर्शन गरेको छ ।
कम्पनीले हालै स्पेनमा एक कार्यक्रमको आयोजना गरि पहिलो युरोपेली फ्याक्ट्रि प्लान(योजना) सार्वजनिक गरिएको थियो ।स्पेनका राष्ट्रपति ‘पेड्रो सान्चेज पेरेज–कास्टेजन’को प्रत्यक्ष्य उपस्थिति सहित अन्य युरोपेली प्रभावशाली नेताहरूको उपस्थितिमा फ्याक्ट्रि प्लान सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले फेब्रुअरीमा स्पेनको म्याड्रिडमा आयोजित समारोहमा पहिलो ‘अल–इलेक्ट्रिक क्रसओभर एसयुभि ओमोडा ई५को स्पेनिस बजारमा सार्वजनिक गरेको थियो ।
नेपालमा पनि गतफेब्रुअरीमासार्वजनिक गरिए देखिओमोडा ई५ले अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजि, दक्ष र इन्टिलिजेन्ट पर्फमेन्स र फ्युचरिस्टिक डिजाइन स्टाइलका लागि उच्च प्रशंसा पाइरहेको छ।एसपिजि अटोमोबाइल्स प्रा.लि. नेपालमा ओमोडा एण्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक रहेको छ ।