काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, चितवनले आफ्नो २२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सञ्चालक समितीका अध्यक्ष चन्द्रमान मलेकुको अध्यक्षतामा बैंकले बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
चितवन रत्ननगर १, टाँडीमाकेन्द्रिय कार्यालय रहेको बैंकको साधारण सभा स्टार होटल, रत्ननगर १ चितवनमा २०८१ साल बैशाख १८ गते साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाबाट संस्थापक समुहतर्फ दुई जना र सर्वसाधारण समुहबाट दुई जना गरी चार जनाको नयाँ संचालक समिति समेत चयन गरेको छ । संस्थापक समुहबाट मलेकु र टेकनाथ ढकाल र सर्वसाधारण समुहबाट पुकार थापा र णेशमान प्रधाननिविरोध निर्वाचित भएका छन् । बैकको स्वतन्त्र संचालकमा बलराम पौडेल बिसं २०७९ बैशाख १३ गते देखि कार्यरत रहेका छन् । बैंकका अनुसार तोकिएको न्युनतम चुक्ता पुँजी यही आर्थिक बर्ष भित्र पुरा गर्ने लक्ष्यका साथ बार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।
सभाले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने, बैकको केन्द्रीय कार्यालय स्थानान्तरण र अन्य समसामयिक विषयमा प्रस्ताव पारित गरी आवश्यकता अनुसार उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्तिको लागी आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने समेत निर्णय गरेको छ ।