बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यो हो सार्वजनिक यातायातमा निःशुल्क सेवा दिने पहिलो देश

बिहिबार, मंसिर २० २०७५

लक्जम्बर्ग- सार्वजनिक यातायातमा निःशुल्क सेवा दिने संसारकै पहिलो राष्ट्र बन्ने तयारीमा छ ।

अर्को वर्षको गर्मीयामबाट रेल र बसमा यात्रा गरेबापत् लाग्ने भाडा हटाइनेछ । जेभियर बिटलले बुधबार दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेपछि यस्तो निर्णय सार्वजनिक भएको हो ।

बिटलको नेतृत्वको सरकारले गाँजालाई कानूनी मान्यता दिने र हप्तामा एक दिन दिइने गरेको सार्वजनिक बिदालाई दुई दिन बनाइने बारे पनि चर्चा भइरहेको द गार्डियनले बताएको छ ।

संसारकै अत्यधिक ट्राफिक जाम हुने देशको सूचीमा लक्जम्बर्ग सिटी शीर्ष स्थानमा पर्छ । एक सर्वेक्षणका अनुसार यहाँका ड्राइभरले सन् २०१६ मा ३३ घण्टा ट्राफिक जाम खेपे ।

लक्जम्बर्गको जनसंख्या ६ लाख छ । फ्रान्स, बेल्जियम र जर्मनीमा बस्ने लगभग दुई लाख जनसंख्या दैनिक रुपमा सीमा पार गर्दै कामका लागि लक्जमबर्ग भित्रिने गर्छन् ।

लक्जम्बर्गले यातायातको क्षेत्रमा विभिन्न प्रगतिशील कार्य गर्दै आएको छ । यो गर्मीमा त्यहाँको सरकारले प्रत्येक बालबालिका र २० वर्षमुनिका सबैलाई निःशुल्क यातायात सेवा उपलब्ध गर्ने बताएको छ । माध्यमिक विद्यालयका विद्यार्थीले स्कूल र घर आवतजावतका लागि निःशुल्क सेवा प्रयोग गर्नेछन् । दुई घण्टाको यात्राका लागि यात्रुले १.७८ पाउन्ड (दुई सय ५५ रुपैयाँ) तिनुपर्ने हुन्छ जसमार्फत् दुई हजार पाँच सय ९० स्क्वायर मिटरमा फैलिएको यो देशको पूरै भ्रमण गर्न सकिन्छ ।

रेलको फर्स्ट र सेकेन्ड क्लासमा के गर्ने भन्नेबारे चाँहि अहिले नै निर्णय गरिएको छैन ।एजेन्सी