बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भारतीय आश्रमबाटै आठ नेपाली महिला गायब, अवस्था अज्ञात

बिहिबार, मंसिर २० २०७५

२० मंसिर, काठमाडौं–
नयाँदिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम सेल्टर होम बाट शनिबार मध्यरातिदेखि हराईरहेका आठ नेपाली महिलाको अवस्था अज्ञात छ । 
उनीहरु गत वैशाखदेखि त्यहाँ बस्दै आएका थिए । 

स्थानीय प्रहरी र दिल्ली महिला आयोगको समन्वयमा एक बर्षअघि जीबी मार्केटबाट उद्धार गरिएका उनीहरुलाई त्यसअघि द्धाराकास्थित अर्को आश्रलयमा राखिएको थियो । 
नेपाली महिलाको अवस्था पनि अज्ञात छ । 

आश्रममा बालिका तथा महिला गरी ८० जना बस्दै आएका थिए । 

चौबीसै घण्टा सीसीटिभी क्यामराको निगरानी र तारबारसहित अग्लो पर्खाल लगाईएको ठाउँबाट बेपत्ता हुनुलाई रहस्यमय ठानिएको छ ।, आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।